यस कम्पनीको स्वमित्वमा रहेको तपसिलमा उल्लेखित सवारी साधन जे जस्तो अवस्थामा छ सोही अबस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम विक्री गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त सवारी साधन तल उल्लेखित शर्तहरुको अधिनमा रही खरिद गरिलिन इच्छुक ब्यक्ति, संस्था, फर्म वा कम्पनीहरुले यस कम्पनीको केन्द्रिय कार्यालयको प्रशासन विभागबाट बोलपत्र फारम खरिद गरि यो सूचना प्रकाशित मितिले १५ दिन भित्रमा शिलबन्दी बोलपत्र प्रस्ताव कम्पनीको केन्द्रिय कार्यालय स्थित प्रशासन विभागमा पेश गर्नुहुन आह्वान गरिएको छ ।