हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको "जीवनको लागि न्यानो साथ" अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा बितरण गरेको छ। सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक "न्यानोपन" लाई आत्मसात गर्दै देशभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो। उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल,सिरक तथा न्यानो कपडा वितरण गरेको हो। बिस्तृत जानकारी
View Document