काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख्य प्रगति गरेको देखिएको छ।
कम्पनीले यस वर्षको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकी गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ मात्रै थियो। गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३१.९० प्रतिशतले वृद्धि भएको हो। बिस्तृत जानकारी