
काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्सले ढुक्क भएर आफ्नो बीमालेख खरिद गर्न अपिल गरेको छ ।कम्पनीले विज्ञप्ति जारी गर्दै सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको उल्लेख छ ।
'नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आˆना सम्पुर्ण कार्यसम्पादन गर्दै आएको साथै नेपाल सरकारका अन्य नियामक निकाय कम्पनि रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँदछौं' कम्पनीले भनेको छ । कम्पनीले आफूखुसी व्याख्या गरी प्रकाशित सूचनाहरुप्रति ध्यानकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न भनेको छ ।बिस्तृत जानकारीको लागी