काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनी आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको छ ।
गत वर्षको सोही अवधिमा इन्सुरेन्सले २२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको नाफाको तुलनामा यो नाफा ३१.९० प्रतिशतले धेरै हो। यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ। बिस्तृत जानकारी